तिलरुपा सवेनहाङ माङ्सेबुङ ५ महिला सदस्यमा निर्विरोध निर्वाचित - Mangsebung News
  • बिहिबार, जेठ ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तिलरुपा सवेनहाङ माङ्सेबुङ ५ महिला सदस्यमा निर्विरोध निर्वाचित

माङसेबुङ । माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ को महिला सदस्यमा गठबन्धनबाट राष्ट्रिय जनमुक्ति पार्टीका तिलरुपा सबेन्हाङ लिम्बू निर्विरोध निर्वाचित भएकी छन् ।

आगमी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि माङसेबुङ ५ का लागि गठबन्धनबाट उम्मेदवारी दिएका सवेनहाङ निर्विरोध निर्वाचित भएकी हुन् ।

स्थानीय तह निर्वाचन–२०७९ का निर्वाचन कार्यतालिका अनुसार वैशाख १६ गते राखिएको उम्मेदवार मनोनयन फिर्ता समयको क्रममा माङ्सेबुङ वडा नम्बर ५ को स्वतन्त्र उम्मेद्वार महिला सदस्य चन्द्र इङ्नाम सेन्दाङले उम्मेदवारी फिर्ता लिएपछि तिलरूपा सबेन्हाङ लिम्बू निर्विरोध निर्वाचित भएकी हुन् ।

निर्वाचन आयोगले आवश्यक प्रक्रिया पुरा भएपछि उनलाई विजयी घोषणा गर्नेछ ।

 

सम्बन्धित खवर