फक्ताङलुङ ७ ओलाङचुङगोलामा वडा अध्यक्ष छेतेनसहित सबै सदस्य निर्विरोध - Mangsebung News
  • बिहिबार, जेठ ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फक्ताङलुङ ७ ओलाङचुङगोलामा वडा अध्यक्ष छेतेनसहित सबै सदस्य निर्विरोध

ताप्लेजुङ । आगमी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा वडा अध्यक्षमा छेतेन वालुङसहित वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

समुन्द्र सतहदेखि ३ हजार ५०० मिटर उचाइमा अवस्थित हिमाली बस्ती ओलाङचुङगोलामा उम्मेदवारी दर्ता गर्न अन्य प्रतिस्पर्धि नपरेसँगै वडाध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

गाउँलेहरुले चयन गरेका उम्मेदवारबाहेक सो वडामा अरु कोही पनि व्यक्तिको उम्मेदवारी नपरेसँगै अध्यक्षसहित निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयका सूचना अधिकारी विपिन दुलालले बताए ।

फक्ताङलुङ ७ ओलाङचुङगोलामा जम्मा ५३ घरपरिवार बसोबास गर्दै आएका छन् ।

 

सम्बन्धित खवर