रहेनन् आदिवासी जनजाति अभियन्ता डा. चैतन्य सुब्बा - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रहेनन् आदिवासी जनजाति अभियन्ता डा. चैतन्य सुब्बा

झापा । आदिवासी जनजाति अभियन्ता तथा योजनाविद् डा. चैतन्य सुब्बाको निधन भएको छ ।

मंगलबार राति १० बजेतिर मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचारको क्रममा डा. सुव्वाको निधन भएको हो ।

मुटुमा समस्या देखिएपछि उनी अस्पताल भर्ना गरिएका थिए । पारिवारिक स्रोतका अनुसार लामो समयदेखि उच्च रक्तचाप, मधुमेहबाट समेत पीडित उनको ७६ वर्षको उमेरमा निधन भएको हो ।

राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका सुब्बा आदिवासी जनजाति विकास समितिका संस्थापक अध्यक्ष पनि थिए, जसले नेपालका आदिवासी जनजातिहरूको सूची बनाएको थियो ।

सम्बन्धित खवर