‘द भ्वाइस अफ नेपाल सिजन ४’को आवेदन खुल्ला - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘द भ्वाइस अफ नेपाल सिजन ४’को आवेदन खुल्ला

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन ४’का लागि जेठ १ गतेसम्म आवेदन दिन पाइने भएको छ ।

गुगल प्ले र एप स्टोरमार्फत भ्वाइस अफ नेपालको आधिकारिक एप डाउनलोड गरेर आवेदन दिन सकिने भएको छ । एपमार्फत भिडियो पठाउनुपर्ने हुन्छ ।

अडिसनमार्फत डेढ सय जना छनोट हुने र ब्लाइन्ड अडिसन सुटिङ आगामी दुई महिनामा सुरु हुने जानकारी निर्देशक लक्ष्मण पौडेलले दिए ।

चार जनामध्ये केही कोच परिवर्तन हुने जानकारी समेत निर्देशक पौडेलले दिए । यो गायन रियालिटी शो हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।

सम्बन्धित खवर