स्थानिय सरकारले भाषा संस्कृतिको संरक्षण गर्नु पर्छ : लिङदेन आत्मानन्द - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

स्थानिय सरकारले भाषा संस्कृतिको संरक्षण गर्नु पर्छ : लिङदेन आत्मानन्द

माङसेबुङ । स्थानिय सरकारले भाषा संस्कृतिको संरक्षण गर्नुपर्ने किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द सेइङले बताउनु भयो । उहाँले मात्रृ भाषा संस्कृतिको संरक्षण र संर्वद्धनका लागि उम्मेद्वारहरुले सोच्नु पर्ने बताउनभयो ।

आइतबार गुरु निजी आश्रममा विश्व शान्ति तथा मानव एकाता साथै सावयेहाङ आप्लुङ ताङसेप चोमेन सप्ताहव्यापी सेवा समापन तथा फुलमाला ग्रहण कार्यक्रममा वहाँले सो कुरा बताउनु भएको हो ।

‘विश्व शान्ति मानव एकता कायम हुन सकोस’ किरात धर्मगुरु आत्मानन्द सेङले माङ आशीर्वचमा भन्नु भयो– ‘अहिले भईरहेको युक्रेन रसिया युद्ध चाडै अन्त्य होस् मैले कामना गरेको छु । म नेपाल देशको एउटा सानो नागरिक हु तै पनि युक्रेन, रसियाका सबै तहका मानिसहरुको आत्मामा माङको बास होस् । उहाँले भन्नु भयो– मैले यो सेवामा औधि माङसंग सेवा लगाएको छु ।’

वहाँले माङसेबुङ गाउपालिका वडा ५ मा कामकाजी भाषा घोषणा भएको छ । यसलाई निरन्तरता दिनका लागि माङसेबुङका सबै वडामा लिम्बु, राई, मगर, गुरुङ भाषाको कामकाजी घोषणा गर्नुपर्ने बताउनु भयो ।

सेवा समापन कार्यक्रममा माङसेबुङ गाउँपालिकाका निर्वतमान अध्यक्ष डिकेन्द्र इधिङगोले महादीप प्रज्वलन गरेर समुद्धघाटन भएको थियो ।

कार्यक्रममा नेकपा एमाले माङसेबुङका अध्यक्ष हेमन्त राई पालिकाका निवर्तमान उपाध्यक्ष सुनिता सुब्बा, क्रमशः बुद्धी खनाल, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपि पालुङवा, वडा ५ का निवर्तमान अध्यक्ष नरेन्द्र कुमार राई मंगोल नेश्नल अर्गनाइजेस माङसेबुङ गाउपालिका अध्यक्ष प्रेमराज केरुङ, माङसेबुङ ५ का स्वतन्त्र उम्मेद्वार सुवदल सेलिङ, गुरु नीजि कानुनी सल्लाहकार एन.एस फागो, पूर्व निजी सचिव माङमिङसोहाङ लिङदेन, माङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङ लगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा माङसेबुङ गाउपालिका गठबन्धन अध्यक्ष उम्मेदवार डिकेन्द्र इधिङगो, उपाध्यक्ष बिनोद नेम्बाङ, माङसेबुङ ३ नं. वडाका अध्यक्ष उम्मेद्वार लक्षमण राई खम्बु, नेवि संघका केन्द्रीय सदस्य प्रमिका मगरलगायतले किरात धर्मगुरु र गुरुआमाको हस्तवाहुलीमा माङफुङ, फुलमाला ग्रहण, शिर उठाउने र किरात धर्ममा दिक्षित समेत भएको थियो ।

सेवा समापन कार्यक्रमको औचित्य मन्तव्य गुरु आश्रम भौतिक निमार्णका अध्यक्ष तथा कार्यक्रम सह अध्यक्ष देउमान आङबुहाङले गरेको थिए भने टिकाराम केरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

बैसाख १५ गतेबाट सुरु भएको विश्व शान्ति तथा मानव एकताका लागिभएको सेवामा किरात धर्मावलम्बीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खवर