दमक । झापाको दमकमा समाजमा याक्थुङ लिम्बुहरुको राजनीतिक भुमिकाबारे विचार विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
आगमी वैशाक ३० गते सम्पन्न हुन लागेको स्थानीय तहको चुनावलाई लक्षित गर्दै याक्थुङ लेखक संघ र किरात याक्थुङ चुम्लुङ दमक नगर समितिको संयुक्त आयोजनामा आज दमक ५ स्थित एस.जि. होटलमा समाजमा याक्थुङ लिम्बुहरुको राजनीतिक भुमिकाबारे विचार विमर्श कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा दमक नगरपालिकाबाट स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी दिनु हुने याक्थुङ लिम्बु बाह्र जना उम्मेद्वारलाई विशेष सम्मान गरेको थियो । सम्मानित हुने सम्मेद्वारहरुमा संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघिय लिम्बुवान प्रान्तीय मञ्चबाट दमक नगरपालिका मेयरमा याम लोरीङदेन, दमक वडा नं –१ का वडा अध्यक्षमा मोहन थेबेले संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघिय लिम्बुवान प्रान्तीय मञ्चबाट वडा सदस्यमा उदिमान तुम्रोक, नन्दलाल बेघा, त्यसै गरी वडा नं ८ बाट अध्यक्षमा बेनु लिम्बु, वडा सदस्य चन्द्र बहादुर कन्दङवा, कुल बहादुर लिङदेन, राष्ट्रिय जन मुक्ती पार्टीबाट दिलु तुम्रोक, दमक ८ बाट अध्यक्षमा पदम बेघा, वडा ५ सदस्य सुक बहादुर सोदेम्बा र जन्ता समाजबादि पार्टीबाट वडा नं २ सदस्यमा आकाश लाओती रहेका छन् ।
याक्थुङ लेखक संघका केन्द्रिय सदस्य विक्रम वनेम फागोले स्वागत मन्तव्य राख्दै अब याक्थुङ लिम्बुहरु याक्थुङ पहिचान विरोधी पार्टीहरुको झोले भएर याक्थुङहरुको सर्वाङ्गीण विकास नहुने कुरा बताए ।
कार्यक्रममा प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ झापा झिल्ला अध्यक्ष सेसेहाङ फियाकले अब याक्थुङ विकास प्रेमी याक्थुङ वा गैर याक्थुङहरुलाई आगामी चुनावमा सहयोग गर्ने, तर याक्थुङ विरोधीहरुलाई भोट नदिने कुरा बताए ।
अब दमकलाई आर्थिक, समाजिक, शैक्षिक अनि सास्कृतिक रुपले उठाउन सहि नेतृत्व छान्न जन्ताहरुलाई वडा १ का वडा अध्यक्ष उम्मेद्वार मोहन थेबेले आग्रह गरे । दमकको मेयर हुने बितिकै प्रस्तावित फाल्गुनन्द सभा गृह बनाउने र त्यस सभा गृहलाई दमक सभा गृह बनाउन नदिने र सिंगो दमकको विकासमा जुट्ने प्रतिवद्ता संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघिय लिम्बुवान प्रान्तीय मञ्चबाट दमक नगरपालिका मेयरमा उम्मेद्वारी दिएका याम लोरीङदेन प्रतिवद्धता जनाए ।
यसैगरि आगामी निर्वाचनमा संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई बहुमत विजय गराइ दिनु होस, हामी याक्थुङ समुदायको मात्र हिइन सिंगो दमक वासीको भाग्य र भविष्य बदल्ने छौ भन्ने प्रतिवद्ता वडा आठ बाट उम्मेद्वारी दिएका चन्द्र बहादुर कन्दङवाले बताए ।
यस्तै याक्थुङ पहिचान र याक्थुङ हक हितका कुरा लिएर निरन्तर लडि रहने जनता समाजवादि पार्टीका वडा २ का वडा सदस्य आकाश लाओतिले बताए ।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङ दमक नगर समितिका उपध्यक्ष ओम माया आङदेम्बे, राष्ट्रिय एकता पार्टी नेपालका कोषाध्यक्ष मन कुमारी पंधाक, मिना योङहाङ, ललिता गोले, दिनेश लाओती, गुमान सिंह सम्बाहाङफे र तिल बहादुर सेर्मा लगायतको उपस्थिति रहेको थियो ।
किरात याक्थुङ चुम्लुङ दमक नगर समिति अध्यक्ष देबेन्द्र चेम्जोङलको अभ्यक्षतामा सम्मन्न कार्यक्रम सञ्चालन याक्थुङ लेखक संघका केन्द्रिय कोषाध्यक्ष साङसेन पंधाकले गरेका थिए ।