विक्रम वनेम फागोको निर्देशनमा ‘बावा–आमा’ को छायाँकन सम्पन्न - Mangsebung News
  • शुक्रबार, असार २७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विक्रम वनेम फागोको निर्देशनमा ‘बावा–आमा’ को छायाँकन सम्पन्न

  • आन्छुमे नसान

माङसेबुङ । रंगकर्मी तथा निर्देशक विक्रम वनेम फागोको निर्देशनमा सत्य जीवन कथामा आधारित गीतकार संगीता आङथुपोको शव्दभावहरुमा आमा–बुबाप्रति समर्पित गित ‘बावा–आमा’ गीतको छायाँकन सम्पन्न भएको छ ।

आईतबार छायाँकन सम्पन्न भएको गीतकार आङथुपोले आफ्नै वास्तविक पीडा लाई शुन्दर शब्दमा उतारेको गीतको संगीत भने राजेन्द्र केरुङले गरेका छन् ।

चर्चित गायीका मेलिना राईको आवाजमा सजिएको गीतको भिडियोमा सृजना सुव्वा, संगीता लावती, चेतन आङथुपो, राज कुमार आङदेम्बे, मन कुमार योङहाङ लगायतले अभिनय गरेका छन् भने बालकलाकारहरु वरुमफुङ योङहाङ, तान्छो लिम्बु, अपना लिम्बु, आन्छु लिम्बु, जुनु लिम्बु, आर्या लिम्बु लगायतको अभिनय रहेको छ ।

दिनेश माङमुको कार्यकारी निर्देशनमा बुद्ध थापा र टीमको छायाँकन, लोकेश थापाको मेकअप, अनिल थोप्राको व्यवस्थापन र कृष्ण सुबेदी सह व्यवस्थापन रहेको छ ।

अनिश लावती सहयोगी रहेको भिडियोमा सुरेश थापा, गौतम थापा, ध्रुव श्रेष्ठ, सुवास सिलवाल, संदिप घिमिरेले प्रविधिमा साथ दिएका छन् भने यातायातमा सन्तबीर राई र मन कुमार मगरले साथ दिएका छन् ।

मोरङको पथरिशनिश्चरे लाटिझोडा, उर्लाबारी, बिराटनगर र झापाको दमकमा छायाँकन गरिएको गीतको संगीत संयोजन राजु कार्कीको रहेको छ । गीतको रेकर्डिङ सुरेश राईले गरेका छन् ।

हाल सम्पादनमा रहेको भिडियो जेठ पहिलो हप्ता सार्वजनिक गरिने निर्देशक बिक्रम वनेम फागोले बताए ।

सम्बन्धित खवर