यादन सेर्माको सुमधुर आवाजमा ‘माङसिवाखाहुन भाग–४’ सार्वजनिक - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यादन सेर्माको सुमधुर आवाजमा ‘माङसिवाखाहुन भाग–४’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । मुन्धुमी गायक तथा संगीतकार यादन सेर्मा लिम्बूको सुमधुर आवाजमा सजिएको ‘माङसिवाखाहुन भाग–४’ सार्वजनिक गरिएको छ ।

राष्ट्रिय बिभुती मुहिङगुम अङसीमाङ लिङदेन महागुरु फाल्गुनन्द साथै किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’को धर्मोपदेश भविश्यवाणी अध्यात्मिक ‘माङसिवाखाहुन भाग– ४’ ९२ औं समाज सुधार दिवसको सुबर्ण अवसर पारेर यादन सेर्मा लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

शुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति एवम् स्वास्थ्य र दिर्घायु जीवनको शुभकामना सहित सार्वजनिक गरिएको ‘माङसिवाखाहुन भाग– ४’ को निर्माणमा बुद्धमान योङया सुव्वा, सिता थेबे, देव लिम्बूले साथ दिएका छन् ।

किङ स्टुडियोमा रेकर्ड गरिएको ‘निङवभू माङे’को संगीत संयोजन मनोज साङसोन राई, रेकर्डिङ सुरेश राईको रहेको छ भने, मिक्सिङ राजु कार्कीले गरेका छन् ।

यस्तै सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको ‘तानाम युन्छीक्पा’को संगीत संयोजन पदम रजन मगर, रेकर्डिङ योगेन मुकारुङ राईको रहेको छ भने, मिक्सिङ मुस्कान मुकारुङ राईले गरेका छन् ।
जुकेबक्स मार्फत सार्वजनिक गरिएको यस माङसिवाखाहुन ४ लाई जुकेबक्समा कृष्ण थलङले तयार पारेका हुन । यसको भिडियो चाडैं तयार पार्ने गायक यदन सेर्माले बताए ।

माङसिवाखाहुन सुन्नुहोस…

सम्बन्धित खवर