निर्वाचन अपडेट : माङ्सेबुङ ५ मा ६१ प्रतिशत मत खस्यो - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निर्वाचन अपडेट : माङ्सेबुङ ५ मा ६१ प्रतिशत मत खस्यो

माङसेबुङ । स्थानीय तह निर्वाचन २०७९ अन्तरगत माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ मा ६१ प्रतिशत मत खसेको छ ।

माङसेबुङ ५ भालुटारस्थित श्री सरस्वती मा.बि.को मतदान केन्द्रमा शुक्रबार बेलुकी ५ वजे सम्पन्न मतदानमा ६१ प्रतिशत मत खसेको हो ।

२ हजार १९ मतदाता रहेको माङसेबुङ ५ मा स्थानिय तह निर्वाचनको लागि पुरुषतर्फ ६ सय १६ र महिलातर्फ ६ सय १७ मत गरि जम्मा १ हजार २ सय ३३ मत खसेको सरस्वती मा.बि.मतदान केन्द्र ‘ख’ का मतदान अधिकृत यामबहादुर तामाङले बताए ।

 

सम्बन्धित खवर