आज रातीबाटै इलाममा मतगणना शुरु हुने - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज रातीबाटै इलाममा मतगणना शुरु हुने


इलाम । मतदान सम्पन्न भएको दुई घण्टा भित्रमा इलामका १० वटा पालिकामा मतगणना केन्द्रमा मत पेटीका पु¥याईने भएको छ ।

मतदान केन्द्र भित्र साँझ ५ बजे प्रबेश गरेका मतदातालाई मतदान गर्ने समय दिएर मतदान सम्पन्न भए पछि दुई घण्टा भित्रमा पालिकाका केन्द्रमा मतपेटीका ल्याईने भएको हो ।

मतदान सकिए पछि त्यसको दुई घण्टा भित्रमा ८ बजे सम्मा मतपेटीका पालिकाका केन्द्रमा ल्याई सकिने इलामका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले जानकारी दिनु भयो ।

सर्वदलिय बैठक पछि करिव ११ बजेपछि मतगणना सुरु हुने बुझीएको छ । जिलामा चार सय २५ जनप्रतिनिधिका लागि १ हजार ३ सय १९ उम्मेदवार प्रतिस्पर्धाको मैदानमा हुनुहुन्छ । अहिले सम्म ६ जना निर्विरोध निर्वाचित भएका छन् । इलाममा यसपटकको स्थानीय तह निर्वाचनका लागि इलाममा २ लाख २४ हजार ७ सय ४८ मतदाता रहेका छन ।

जिल्लाका १० वटै मतगणना केन्द्रमा सुरक्षालाई मध्यनजर गरी सीसी क्यामरा जडान गरिएको छ । मतगणना केन्द्रमा तारजाली लगाईएको छ । मतगणना प्रक्रियालाई छिटो बनाउनका लागि एकै पटक मतगणना केन्द्रमा जतिसक्दो धेरै स्थानमा गणना गरिने जनाईएको छ । मौषममा परिवर्तन भएर पानी पर्न थालेपछि मतदातालाई केहि असजिलो भएको छ ।

सम्बन्धित खवर