स्थनिय निर्वाचन अपडेट : माङ्सेबुङमा ६६.०९ प्रतिशत मत खस्यो - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

स्थनिय निर्वाचन अपडेट : माङ्सेबुङमा ६६.०९ प्रतिशत मत खस्यो

माङसेबुङ । स्थानीय तह निर्वाचन २०७९ अन्तरगत माङ्सेबुङ गाउँपालिमा ६६.०९ प्रतिशत मत खसेको छ ।

शुक्रबार बिहान ७ बजे सुरु भएर बेलुकी ५ वजे सम्पन्न भएको मतदानमा ६६.०९ प्रतिशत मत खसेको हो ।

कुल १२ हजार ५ सय ६८ मतदाता संख्या रहेको माङसेबुङमा जम्मा ८ हजार ३ सय ७ मत खसेको माङसेबुङ गाउँपालिकाका निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले बताए ।

निर्वाचन अधिकृत अधिकारीका अनुसार वडा नम्बर १ मा २ हजार २ सय ५९ मध्ये १ हजार ५ सय २४, वडा नम्बर २ मा २ हजार ४ सय ६८ मध्ये १ हजार ६ सय ८५, वडा नम्बर ३ मा २ हजार ५ सय ८६ मध्ये १ हजार ६ सय ८२ मत खसेको छ ।

त्यस्तै वडा नम्बर ४ मा १ हजार ३ सय ६० मध्ये ९ सय ४९, वडा नम्बर ५ मा २ हजार १९ मध्ये १ हजार २ सय ३३ मत र वडा नम्बर ६ मा १ हजार ८ सय ७६ मध्ये १ हजार २ सय ३४ मत खसेको छ ।

मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकताका साथ मतदानको व्यवस्था गरिएको थियो ।

निर्वाचन अधिकृत अधिकारीका अनुसार राजनीतिक दलहरुको सहमति भए आजै मतगणना सुरु हुनेछ ।

अहिले मतदान केन्द्रहरुबाट मतपेटिका संकलन गरी मतगणना स्थलमा ल्याउने काम भइरहेको छ । स्थानीय तहमा मतगणना स्थलको तयारी समेत पूरा भइसकेको छ ।

माङसेबुङमा १२ हजार ५ सय ६८ मतदाता रहेका छन् भने मतदानको लागि ११ वटा मतदान स्थल र १८ वटा मतदान केन्द्रको व्यवस्था गरिएको थियो ।

अघिल्लो निर्वाचनमा ७३ प्रतिशत मत खसेको थियो । अघिल्लो निर्वाचनमा गाउँपालिका अध्यक्षसहित वडा नम्बर १, २ र ६ नेपाली कांग्रेस, उपाध्यक्षसहित वडा नम्बर ३ र ४ मा नेकपा एमाले र वडा नम्बर ५ मा राष्ट्रिय जनमुक्तिले जितेका थिए । गाउँपालिका अध्यक्षमा कांग्रेसका डिकेन्द्र इदिङ्गो र उपाध्यक्षमा एमालेका सुनिता सुब्बा निर्वाचित भएका थिए ।

अहिले पनि गठबन्धनकका तर्फबाट अध्यक्षमा कांग्रेसका इदिङ्गो र उपाध्यक्षमा जनता समाजवादीका विनोद नेम्बाङ र एमालेबाट अध्यक्षमा हेमन्त राई र उपाध्यक्षमा सुब्बा नै चुनावी मैदानमा छन् । अघिल्लो वर्ष पनि उनीहरु नै एकअर्काका प्रतिष्पर्धी थिए ।

अहिले अझै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमुक्तिको गठबन्धनसँग एमालेले प्रतिष्पर्धा गर्दैछ । नेकपा एकीकृत समाजवादी दुवै गठबन्धनमा सहभागी छैन ।

सम्बन्धित खवर