हिमाली जिल्ला मनाङबाट मतगणना सुरू - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हिमाली जिल्ला मनाङबाट मतगणना सुरू


काठमाडौं । स्थानिय तह निर्वाचन २०७९ अन्तरगत हिमाली जिल्ला मनाङबाट मतगणना सुरू भएको छ ।

मनाङ जिल्लाका सबै गाउँपालिकाको मतगणना सुरु भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

जिल्लाको नासोँ गाउँपालिकामा बेलुका ८ बजेदेखि नै पहिलो मतगणना सुरु भएको र त्यसको एक घण्टापछि अन्य गाउँपालिकामा समेत सुरू भएको प्रमुख जिल्ला अधिकारीे आचार्यले बताए ।

जिल्लामा कूल ६ हजार ४९६ मतदाता रहेका छन् । कूल चार हजार ६७ मत खसेको छ । जिल्लामा चार गाउँपालिका रहेको छ ।

सम्बन्धित खवर