माङसेबुङ ४ को वडा अध्यक्षमा एमालेका नविन योङहाङ प्यानल विजयी - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ ४ को वडा अध्यक्षमा एमालेका नविन योङहाङ प्यानल विजयी

माङसेबुङ । स्थानीय तह निर्वाचन अन्तरगत माङसेबुङ गाउँपालिका वडा नम्बर ४ को मतपरिणाम सार्वजनिक भएको छ ।

भर्खरै सार्वजनिक भएको मतपरिणाम अनुसार माङसेबुङ गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा नेकपा एमालेका नविन योङहाङ ५४ मतान्तरका साथ प्यानल सहित विजयी भएका छन् ।

लिम्बूले ३ सय २५ मत प्राप्त गरी जिल्लामै पहिलोपटक निर्वाचित घोषित भए । उनका निकटतम प्रतिष्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिलकुमार लिम्बूले २ सय ७१ मत मात्र पाए । त्यस्तै स्वतन्त्र उम्मेद्वार आषिश जवेगूले २ सय ६८ मत पाएका थिए ।

महिला सदस्यमा एमालेकै कल्पना राई (३४४ मत), दलित महिला सदस्यमा गोमादेवी विश्वकर्मा (३३८ मत) र खुल्ला सदस्यहरुमा टेकमान लिम्बू (३४५ मत) र धनबहादुर राई (३१० मत) विजयी भएका छन् ।

सो वडाबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा भने गठनबन्धनका उम्मेद्वारले अग्रता कायम गरेका छन् । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोले ४ सय ८७ मत पाएका छन् । एमालेका हेमन्त राईले ३ सय ४६ मत पाएका छन् ।

उपाध्यक्षमा पनिस गठबन्धनकै जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङले ४ सय २१ मत पाएका छन् । एमालेकी सुनिता सुब्बाले ३ सय ४७ मत मात्र पाएकी छिन् ।

सो वडामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धन बनेको थियो ।

१ हजार ३ सय ६० मतदाता रहेको सो वडामा ९ सय ४९ मत खसेको थियो । अहिले वडा नम्बर ५ र १ को मतगणना भइरहेको छ ।

 

सम्बन्धित खवर