निर्वाचन अपडेट : इलाम नगरपालिका– १ मा गठबन्धनबाट कांग्रेसका गायत्रीराम विजयी - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निर्वाचन अपडेट : इलाम नगरपालिका– १ मा गठबन्धनबाट कांग्रेसका गायत्रीराम विजयी

इलाम । इलाम नगरपालिका वडा नम्बर १ को मत परिणाम सार्वजनिक भएको छ ।

भर्खरै सार्वजनिक भएको मतपरिणाम अनुसार इलाम नगरपालिका– १ मा गठबन्धनका वडाध्यक्षसहित तीन सदस्य नेपाली कांग्रेसले र एक सदस्य नेकपा एमाले विजयी भएको हो ।

वडाध्यक्षमा नेपाली कांग्रेसका गायत्रीराम बस्नेतले १ हजार १ सय ८१ मत प्राप्त गरि विजयी भएका छन् । सदस्यमा नेपाली कांग्रसका मनकुमार गुरुङ, महिला सदस्यमा डायना राई, दलित महिला सदस्य मुनादेवी रसाइली विजयी भएका छन् ।

यस्तै एक सदस्यमा भने नेकपा एमाले विजयी भएको छ । गठबन्धनको नेकपा एकिकृत समाजवादी पराजित भएको छ ।

अहिले सम्मको वडा–१ को मत परिणाम अनुसार मेयर पदमा नेपाली कांग्रेसले १ हजार १ सय ५८ मत प्राप्त गरेको छ । यस्तै नेकपा एमालेले मेयरमा १ हजार ४१, उपमेयरमा नेपाली कांग्रेसले १ हजार १ सय ९५ र एमालेले एक हजार ४ मत प्राप्त गरेको जनाइएको छ ।

 

सम्बन्धित खवर