इलामको सन्दकपुर १ मा एमालेका रहरकुमार राई प्यानल विजयी - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको सन्दकपुर १ मा एमालेका रहरकुमार राई प्यानल विजयी


सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ को मत परिणाम सार्वजनिक भएको छ ।

भर्खरै सार्वजनिक भएको मत परिणाम अनुसार गठबन्धनलाई पाखा लगाउँदै सन्दकपुर गाउँपालिका १ को वडाध्यक्षमा नेकपा एमालेका रहरकुमार राई प्यानल विजयी भएको हो ।

राई ४ सय ५५ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नन्दकुमार राईले ४ सय २२ मत ल्याए । महिला सदस्यमा विनु राईले ४ सय ५०, खुल्ला सदस्यमा तोरण मुखियाले ४ सय ६४ र सदस्यमा चेत बहादुर राइर्ले ४ सय ५४ मत प्राप्त गरि विजयी भएको जनाइएको छ ।

दलित महिला सदस्यमा दिलमाया कमिनी निर्विरोध निर्वाचित भएकी हुन् ।

 

सम्बन्धित खवर