माङसेबुङ ५ मा गठबन्धनबाट जनमुक्तिका नरेन्द्र कुमार राई प्यानल विजयी - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ ५ मा गठबन्धनबाट जनमुक्तिका नरेन्द्र कुमार राई प्यानल विजयी

  • आन्छुमे नसान(काकीराम लावती)

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ५ मा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमुक्ति पार्टीका नरेन्द्रकुमार राई विजयी भएका छन् ।

भर्खरै प्राप्त मत परिणाम अनुसार वडा अध्यक्षमा राईसहितको प्यानल नै विजयी भएको हो । कुल १ हजार २ सय ३३ मत खसेको सो वडामा राईले ८ सय ३७ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्रका सुबदल सेलिङले २ सय २८ मत ल्याए । महिला सदस्य तिलरुपा सवेनहाङ यसअघिनै निर्विरोध निर्वाचित भएकि छन् ।

दलित महिला सदस्यमा गठबन्धनकै गंगामाया विश्वकर्मा ८ सय ६३ मतका साथ विजयी बनेका छन् । उनका प्रतिष्पर्धी स्वतन्त्र उम्मेद्वार अमृता सेन्चुरीले १ सय ७७ मत पाएकी छिन् ।

सदस्यहरुमा गठबन्धनकै वीरबहादुर कुरुम्बाङ ८ सय १२ र सुरेन्द्र तुम्बाहाम्फे ८ सय १७ मतका साथ विजयी भएका छन् । प्रतिष्पर्धी स्वतन्त्र उम्मेद्वार अभिषेक लिम्बूले १ सय ८३ र रनध्वज सम्बाहाम्फेले २ सय २६ मत पाएका छन् ।

सो वडाबाट अध्यक्ष र उपाध्यक्ष पदमा समेत गठबन्धनका उम्मेद्वारले अग्रता कायम गरेका छन् । अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोले ७ सय ९२ र नेकपा एमालेका हेमन्त राईले १ सय ८३ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा गठबन्धनमा जनता समाजवादी पार्टीक विनोद नेम्बाङले ७ सय २५ र एमालेकी सुनिता सुब्बाले २ सय १६ मत मात्र पाएकी छिन् ।

अघिल्लो निर्वाचनमा समेत हालका उम्मेद्वारहरु नै एकआपसमा प्रतिष्पर्धी थिए । तर कांग्रेसका इदिङ्गो र एमालेकी सुब्बा विजयी भएकी थिइन् ।

माङसेबुङ ५ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको संयुक्त गठबन्धनबाट राईले उम्मेद्वार थिए । एमालेले भने वडामा कुनैपनि पदमा उम्मेद्वारी दिएका थिएनन् । स्वतन्त्र उम्मेद्वार भने चुनावी मैदानमा थिए ।

सम्बन्धित खवर