माङसेबुङ ६ मा एमालेबाट प्रदिप साम्पाङ प्यानल विजयी - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ ६ मा एमालेबाट प्रदिप साम्पाङ प्यानल विजयी

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका ६ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

माङसेबुङ गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार एमालेका प्रदिप सम्ङपाङ ८ सय ३० मतका साथ विजयी भएका हुन् ।

उनका प्रतिष्पर्धी कांग्रेसका जीवनकुमार राईले ३ सय ३४ मत पात्र पाएका थिए । वडा अध्यक्षमा निर्वाचित प्रदिप निवर्तमान वडाअध्यक्ष हुन् । उनी अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भएर एमाले प्रवेश गरेका थिए ।

सदस्यहरुमा समेत एमालेको प्यानल विजयी भएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए । महिला सदस्यमा पुनम सम्बाहाम्फे (६९६ मत) र सदस्यहरुमा खगेन्द्र खड्का (६६६ मत) र दिवस राई (७४० मत) विजयी भएका छन् ।

महिला सदस्यका प्रत्यासी कांग्रेसकी कविता राई (३८० मत), सदस्यहरुमा आशिष राई (३८८ मत) र गोविन्द खड्का (३२१ मत) मात्र पाएका थिए ।

गाउँपालिका अध्यक्षमा समेत एमालेले अग्रता लिएको छ । एमालेका हेमन्त राईले ८ सय ९६ मत पाउँदा कांग्रेसका डिकेन्द्र इदिङ्गोले २ सय ७१ मत मात्र पाएका छन् । उपाध्यक्षमा एमालेकी सुनिता सुब्बाले ६ सय ८४ मत पाउँदा जनता समाजवादी पार्टीका विनोद नेम्बाङले ३ सय ५२ मत पाए ।

सो वडामा १ हजार ८ सय ७६ मतदाता रहेकोमा १ हजार २ सय ३४ मत मात्र खसेको थियो ।

मतपरिणाम हेर्नुहोस्

अध्यक्ष

हेमन्त राई (नेकपा एमाले) : ८९६ मत

डिकेन्द्र इदिङ्गो (नेपाली कांग्रेस) : २७१ मत

उपाध्यक्ष

सुनिता सुब्बा (नेकपा एमाले) : ६८४ मत

विनोद नेम्बाङ (जनता समाजवादी पार्टी) : ३५२ मत

वडा अध्यक्ष

प्रदिप साङपाङ (नेकपा एमाले) : ८३० मत (विजयी)

जीवनकुमार राई (नेपाली कांग्रेस) : ३२४ मत

महिला सदस्य

पुनम सम्बाहाम्फे (नेकपा एमाले) : ६९६ मत (विजयी)

कविता राई (नेपाली कांग्रेस) : ३८० मत

सदस्य

खगेन्द्र खड्का (नेकपा एमाले) : ६६६ मत (विजयी)

दिवस राई (नेकपा एमाले) : ७४० मत (विजयी)

आशिष राई (नेपाली कांग्रेस) : ३८८ मत

गोविन्द खड्का (नेपाली कांग्रेस) : ३२१ मत

 

सम्बन्धित खवर