कचनकवल १ मा कंग्रेसबाट महाबीर लिम्बू प्यानल बिजयी - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कचनकवल १ मा कंग्रेसबाट महाबीर लिम्बू प्यानल बिजयी

  • सुक योङहाङ

कचनकवल । झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ मा नेपाली कंग्रेसको प्यानलले जित निकालेको छ ।

वडा नम्बर १ को अन्तिम मत परिणाम अनुसार वडा अध्यक्षमा नेपाली कंग्रेसको महाविर लिम्वु (रन्जीत) ले १ हजार ४ सय ४२ मत ल्याएर जित हात पारेका छन् । उनका निकटतम प्रतिष्पर्धि राप्रपाका लक्ष्मी नारायण यादवले १ हजार १ सय १० मत प्राप्त गरेका छन् । राप्रपाको गढ मानिने वडा नं. १ मा यस पटक भने नेपाली कंग्रेसले जितेको छ ।

त्यस्तै वडा सदस्यहरुमा अन्त प्रसाद राजवंशी र उग्रनारायणा सिंह राजवंशी निर्वाचित बनेका छन् । महिला सदस्यमा सञ्जावती राजवंशी निर्वाचित बनेकी छिन् भने दलित महिला सदस्यमा सुनिता दर्जी निर्वाचित बनेकी छिन् ।

यो गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन छ । गाउँपालिका अध्यक्षका लागि कालेन्द्र प्रसाद सिंह राजवंशी नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार छन् भने नेकपा एमालेका तर्फबाट नवराज भट्टराईको उम्मेद्वारी छ ।

 

सम्बन्धित खवर