माङसेबुङमा एमालेको अग्रता कायमै, ६८ मतले अगाडी - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा एमालेको अग्रता कायमै, ६८ मतले अगाडी

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकाको स्थानीय तह सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता बढाएको छ ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार डिकेन्द्र इदिङ्गोलाई ६८ मतान्तरले पछि पार्दै नेकपा एमालेका उम्मेद्वार हेमन्त राईले अग्रता बढाएका हुन् ।

६ हजार २ सय ११ मतगणना हुँदा एमालेका राईले २ हजार ७ सय ७३ मतका साथ अग्रता लिएका छन् । उनका प्रतिष्पर्धी इदिङ्गोले २ हजार ७ सय ५ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्ष पदमा भने गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका उम्मेद्वार विनोद नेम्बाङले भने ४ सय ५३ मतान्तरका साथ अग्रता कायम राखेका छन् । नेम्बाङले २ हजार ७ सय ७२ मत पाउँदा उनका प्रतिष्पर्धी एमालेकी उम्मेद्वार सुनिता सुब्बाले २ हजार ३ सय १९ मतका साथ पच्छाइरहेका छन् ।

माङसेबुङमा १२ हजार ५ सय ६८ मतदातामध्ये ८ हजार ३ सय ७ मत खसेको थियो । अस्ती रातिदेखि सुरु भएको मतगणना हालसम्म वडा नम्बर १, ४, ५ र ६ को सम्पन्न भइसकेको छ । जसमा १ मा नेकपा माओवादी केन्द्र, ४ र ६ मा नेकपा एमाले र ५ मा राष्ट्रिय जनमुक्ति विजयी भईसकेको छ । अहिले वडा नम्बर २ र ३ को मतगणना जारी छ ।

अघिल्लो निर्वाचनमा समेत हालका उम्मेद्वारहरु नै एकआपसमा प्रतिष्पर्धी थिए । तर कांग्रेसका इदिङ्गो र एमालेकी सुब्बा विजयी भएकी थिइन् ।

 

सम्बन्धित खवर