माङसेबुङ गाउँपालिका अध्यक्षमा एमालेका हेमन्त राई जित नजिक - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ गाउँपालिका अध्यक्षमा एमालेका हेमन्त राई जित नजिक

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेद्वार हेमन्त राई जित नजिक पुगेका छन् ।

३ सय ९६ मतगणना बाँकी रहँदा उम्मेद्वार राईले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार डिकेन्द्र इदिङ्गो भन्दा २ सय ८६ मतान्तरले अग्रता लिएसँगै अध्यक्ष पदमा जित नजिक पुगेका हुन् । बाँकी सबै मत प्रतिष्पर्धीकहाँ गएबाहेक राईको विजयी निश्चित बनेको छ ।

८ हजार ३ सय ७ मत खसेको माङसेबुङमा हालसम्म ७ हजार ९ सय ११ मतगणना भइसकेको छ । एमालेका राईले ३ हजार ६ सय ३१ मत पाएका छन् । उनका प्रतिष्पर्धी इदिङ्गोले ३ हजार ३ सय ४५ मत पाएका छन् । बाँकीको मतगणना जारी छ ।

इदिङ्गो निवर्तमान अध्यक्ष हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा समेत राई र इदिङ्गो अध्यक्ष पदका प्रतिष्पर्धी थिए । सो निर्वाचनमा कांग्रेसका इदिङ्गो विजयी भएका थिए ।

राई एमालेका माङसेबुङ गाउँकमिटीफ अध्यक्ष हुन् भने इदिङ्गो नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हुन् ।

माङसेबुङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको संयुक्त गठबन्धन थियो । वडा नम्बर १ मा भने एमाले र माओवादी केन्द्रको गठबन्धन थियो ।

सम्बन्धित खवर