खोटाङकी अरुणादेवी राई पालिका अध्यक्ष जित्ने पहिलो महिला - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

खोटाङकी अरुणादेवी राई पालिका अध्यक्ष जित्ने पहिलो महिला

माङसेबुङ । नेकपा (माओवादी केन्द्र)की अरुणादेवी राई खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा विजयी भएकी छन् ।

उनले एमालेबाट निर्वाचित निवर्तमान अध्यक्ष शंकरबहादुर राईलाई पराजित गरेकी हुन । अरुणादेवीले २ हजार ८ सय ८१ मत ल्याउँदा एमालेका राईले २ हजार ५ सय ७५ मत ल्याए ।

हालसम्म निर्वाचित जनप्रतिनिधिमा अरुणादेवी राई गाउँपालिका प्रमुख जित्ने पहिलो महिला समेत हुन् ।

यहाँ नेपाली कांग्रेस र माओवादीले तालमेल गरेका थिए । उपाध्यक्षमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका खेमबहादुर खड्का २ हजार ८ सय ५ ल्याएर निर्वाचित भएका छन् । उनीसँग एमालेकी विमला राईं २ हजार ४ सय ९५ मत ल्याएर पराजित भए ।

 

सम्बन्धित खवर