माङसेबुङ ३ मा गठबन्धनबाट माओवादीका जनम राई बिजयी - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ ३ मा गठबन्धनबाट माओवादीका जनम राई बिजयी

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका ३ मा मिश्रित परिणाम आएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मतपरिणाम अनुसार वडाअध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का लक्षुमन राई (जनम) विजयी भएका छन् ।

नेकपा एमालेका कुलबहादुर लिम्बूलाई ९२ मतान्तरले पराजित गर्दै राई विजयी भएका हुन् । राईले ७ सय ६० मत पाएका थिए भने उनका प्रतिष्पर्धी लिम्बूले ६ सय ६८ मत मात्र पाएका थिए । लिम्बू निवर्तमान वडा सदस्य हुन् । त्यस्तै एकीकृत समाजवादीका देवाहाङ राईले ७४ मत पाए ।

सदस्यहरुमा भने मिश्रित परिणाम आएको छ । महिला सदस्यमा एमालेकी हस्तकुमारी लिम्बू ६ सय ८३ मतका साथ विजयी भएकी छिन् । उनकी प्रतिष्पर्धी राष्ट्रिय जनमुक्ति पार्टीकी अस्मिता शेर्माले ६ सय ६३ मत पात्र पाएकी थिइन् ।

दलित महिला सदस्यमा नेपाली कांग्रेसकी शिसला शंकर ६ सय ९५ मतका साथ विजयी भएकी छिन् । उनकी प्रतिष्पर्धी एमालेकी कला शिवा पोख्रेलले ६ सय ५४ मत पात्र पाएकी थिइन् । उनि निवर्तमान कार्यपालिक सदस्य थिइन् ।

सदस्यमा भने दुवै एमालेबाट विजयी भएका छन् । एमालेका देउमान सम्बा ६ सय ७४ र सुर्यकुमार राई ७ सय ३८ मतका साथ विजयी भए । उनीहरुका प्रतिष्पर्धी कांग्रेसका चन्द्र साम्बाले ५सय ८४ मत, पूर्णकुमार राईले ५ सय ४६ मत, नेकपा एकीकृत समाजवादीका द्रोणराज योङहाङले ७७ मत र मनबहादुर लिम्बूले ८६ मत मात्र पाए ।

माङसेबुङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीको गठबन्धन थियो । वडा नम्बर १ मा भने एमाले र माओवादी केन्द्र मिलेर निर्वाचनमा सहभागी भएको थियो ।

सो वडामा २ हजार ५ सय ८६ मतदाता रहेकोमा १ हजार ६ सय ८२ मत मात्र खसेको थियो ।

 हेर्नुहोस् मत परिणाम

मतदाता संख्या : २५८६ मत

खसेको मत : १६८२ मत

अध्यक्ष

हेमन्त राई (नेकपा एमाले): ७७४ मत

डिकेन्द्र इदिङ्गो (नेपाली काङ्ग्रेस) : ७१९ मत

प्रेमकुमार केरुङ (मंगोल नेशनल अर्गनाईजेशन) : ० मत

उपाध्यक्ष

सुनिता सुब्बा (नेकपा एमाले) : ५९० मत

विनोद नेम्बाङ (जनता समाजवादी पार्टी) : ८२२  मत

वडा अध्यक्ष

कुलबहादुर लिम्बू (नेकपा एमाले) : ६६८ मत

लक्षुमन राई ‘जनम’ (नेकपा माओवादी केन्द्र) : ७६० मत (विजयी)

देवाहाङ राई (नेकपा एकीकृत समाजवादी) : ७४ मत

महिला सदस्य

हस्तकुमारी लिम्बू (नेकपा एमाले) : ६८३ मत (विजयी)

अस्मिता शेर्मा (राष्ट्रिय जनमुक्ति पार्टी) : ६६३ मत

दलित महिला सदस्य

कला शिवा पोख्रेल (नेकपा एमाले) : ६५४ मत

सुशिला शंकर (नेपाली कांग्रेस) : ६९५ मत (विजयी)

सदस्य

देउमान साम्बा (नेकपा एमाले) : ६७४ मत (विजयी)

सुर्यकुमार राई (नेकपा एमाले) : ७३८ मत (विजयी)

चन्द्रकुमार साम्बा (नेपाली कांग्रेस) : ५८४ मत

पूर्णकुमार राई (नेपाली कांग्रेस) : ५४६ मत

द्रोणराज योङहाङ (नेकपा एकीकृत समाजवादी) : ७७ मत

मनबहादुर लिम्बू (नेकपा एकीकृत समाजवादी) : ८६ मत

सम्बन्धित खवर