- सुक योङहाङ
कचनकवल । झापाको कचनकवल गाउँपालिका वडा नं. ३ को वडाध्यक्षमा नेपाली कंग्रेसका ग्याँस अजमल मिया निर्वाचित भएका छन् ।
राप्रपाका विजय कुमार राजवंशीलाई २ सय १० मतान्तरले पछि पार्दै ८ सय १८ मत ल्याएर मिया निर्वाचित भएका हुन् । राप्रपाका राजवंशीले ६ सय ८ मत ल्याएका छन् ।
खुल्ला वडा सदस्यमा मेघलाल राजवंशी, दलित महिला सदस्यमा सोभा सुनदास, खुल्ला सदस्य पुरुषमा सुर्य नारायण राजवंशी र महिला खुल्ला सदस्यमा विष्णु माया अधिकारी निर्वाचित भएका छन् ।