लिम्बू कथानक चलचित्र 'सुनौली रुपौली' निर्माण हुने - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बू कथानक चलचित्र ‘सुनौली रुपौली’ निर्माण हुने

पाँचथर । लिम्बू जातिको सुनौलो रुपौली संस्कारमा आधारित लिम्बू कथानक चलचित्र ‘सुनौली रुपौली’ निर्माण हुने भएको छ । चलचित्रको निर्माण युनिट अहिले लोकेशन हन्टिङमा जुटेको छ ।                                   
चलचित्र छायांकनको लागि पान्थरस्थित याङ्वरक ओयेम, साम्माङ्घु, चरिभन्ज्याङ, सुम्हा?लुङ, नाम्फुनयक, तिल्लिजङ, साधुटार लगायतका ठाउँको अध्यन अवलोकन भइरहेको उक्त चलचित्रका लागि निर्देशक हाङ चेम्जोङ्ले बताए ।सागर केरुङ्को लेखन रहेको चलचित्रलाई भिम तुम्बाहाम्फे, पुर्ण सेलिङ र हाङ चेम्जोङ्को संयुक्त लगानीमा निर्माण गर्न लागिएको हो । हरेक माइतिहरुले आफ्नो चेलिको सुरक्षाको निम्ति माइती पक्षले लिइने रितलाई सुनौली रुपौली भनिन्छ । यिनै बिषयमा चलचित्रको बिषयवस्तु रहेको लेखक केरुङ्ले बताए ।                         
याक्थुङ फिल्मस प्रा.लि. द्वारा निर्मित चलचित्रमा उपयुक्त कलाकारको छनौट भइरहेको निर्माण पक्षले जनाएको छ । सोमबार लोकेशन हन्टिङ सकिएको चलचित्रको आगामी असोजबाट छायांकन सुरु हुने बताइएको छ ।

सम्बन्धित खवर