फाल्गुनन्दको अध्यक्षमा बृजहाङ आङ्देम्बे र उपाध्यक्षमा ठाकुरसिं नेम्बाङ विजयी - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फाल्गुनन्दको अध्यक्षमा बृजहाङ आङ्देम्बे र उपाध्यक्षमा ठाकुरसिं नेम्बाङ विजयी

पाँचथर । नेपाली कांग्रेसका उम्मेद्वार बृजहाङ आङ्देम्बे फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदमा फराकिलो मतान्तरले विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय अनुसार एमालेका वीर वहादुर कुरुम्बाङलाई १ हजार ९६ मत अन्तरले हराउँदै आङ्देम्बे अध्यक्षमा विजयी भएका हुन् । गठबन्धन तर्फको कांग्रेसबाट उम्मेद्वार बनेका आङ्देम्बेले ५ हजार ७ सय ३९ मत प्राप्त गर्दा एमालेका कुरुम्बाङलाई ४ हजार ६ सय ४३ मत प्राप्त भएको थियो ।

उपाध्यक्ष पदमा पनि गठबन्धन तर्फ माओवादी केन्द्रका उम्मेद्वार ठाकुर सिंह नेम्बाङ विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमाले र जसपाको तर्फबाट साझा उम्मेद्वार बनेकी वविता नेम्बाङलाई ६ सय ५७ मतले हराउँदै विजयी भएका छन् ।

जसपाकी नेम्बाङले ४ हजार ४ सय ४३ मत प्राप्त गर्दा माओवादी केन्द्रका नेम्वाङले ५ हजार १ सय मत पाएका छन् । गत २०७६ सालको उपनिर्वाचनमा यस गाउँपालिकामा हालका दुवै अध्यक्ष पदमा उम्मेद्वारको प्रतिस्पर्धामा तत्कालीन बाम गठबन्धनको तर्फबाट वीर बहादुर कुरुम्बाङले कांग्रेसका आङ्देम्बेलाई पराजित गरेका थिए ।

फाल्गुनन्दमा नेपाली कांग्रेस, माओेवादी केन्द्र, नेकपा (एस) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गठवन्धन गरेको र एमालेले जसपासंग तालमेल गरेको थियो ।

 

सम्बन्धित खवर