कचनकवल गाउँपालिका वडा नम्बर ५ मा कांग्रेस प्यानलको जित - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कचनकवल गाउँपालिका वडा नम्बर ५ मा कांग्रेस प्यानलको जित

  • सुक योङहाङ

कचनकवल । नेपाली कंग्रेस कचनकवल गाुउँपालिका वडा नं. ५ मा नुर आलम वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृतले जानकारी दिए अनुसार ६ सय ६२ को मतान्तर जितेका अलमले १ हजार ४ सय ७४ मत लयाएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धि राप्रपाका देवेन्द्र प्रसाद राजवंशीले ७ सय ८८ मत ल्याएका छन् ।

यस्तै खुल्ला वडा सदस्यमा कृष्ण प्रसाद गणेश, दलित महिला सदस्यमा मेनकी सरदार, खुल्ला सदस्य पुरुषमा रागिव हुसैन र महिला खुल्ला सदस्यमा प्रभा राजवंशी निर्वाचित भएका छन् ।

गाउँपालिकाको प्रमुखमा पदमा कांग्रेस र नेकपा एमाले गठबन्धनन गरी चुनाव लडेका हुन भने वडाहरुमा खुल्ला प्रतिस्पर्धा गरेको हो ।

सम्बन्धित खवर