मिक्लाजुङ गाउँपालिका अध्यक्षमा माओवादीका माखिम र उपाध्यक्षमा कंग्रेसका सेर्मा विजयी - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मिक्लाजुङ गाउँपालिका अध्यक्षमा माओवादीका माखिम र उपाध्यक्षमा कंग्रेसका सेर्मा विजयी

  • काकीराम लावती ‘आन्छुमे नसान’

मिक्लाजुङ । पान्थरको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अमरराज माखिम विजयी भएका छन् । उपाध्यक्षमा गठबन्धनबाटै नेपाली कंग्रेसका सन्तकुमार सेर्मा ‘सन्तोष’ विजयी भएका छन् ।

निर्वाचन अधिकृतले जानकारी दिए अनुसार उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका नरेन्द्र कुमार बस्नेतलाई ४ हजार २६ मतान्तरले पराजित गर्दै माखिम अध्यक्ष पदमा विजयी भएका हुन् ।

मिक्लाजुङ गाउँपालिका अध्यक्षमा विजयी भएका माखिमले ६ हजार ६५ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी एमालेका बस्नेतले २ हजार ३९ मत ल्याए ।

माखिम निवर्तमान गाउँपालिका अध्यक्ष हुन् । २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा पनि नेकपा एमालेका धनकुमार फियाकलाई नै पराजित गर्दै माखिम अध्यक्षमा विजयी भएका थिए ।

उपाध्यक्षमा एमालेकी धनमाया सारु मगर पराजित गर्दै सेर्मा विजयी भएका हुन् । सेर्माले ५ हजार ५ सय ४२ मत प्राप्त गर्दा मगरले ३ हजार ३ सय ७२ मत ल्याइन् ।

मिक्लाजुङ गाउँपालिकाको वडाहरुमा भने मिश्रित परिणाम आएको छ । वडा नम्बर १ मा घनेन्द्रराज आङ्देम्बे (स्वतन्त्र), वडा नं २ मा महेन्द्र थापा (कंग्रेस), वडा नं ३ मा जिवनहाङ फियाक (कंग्रेस), वडा नं ५ मा अबिशन लाओती (माओवादी), वडा नं ६ मा पूर्णकुमार आङ्बुहाङ (माओवादी), वडा नं ७ मा रेग्मी (माओवादी), वडा नं ८ मा रामेश्वर वाजी (एमाले) विजयी भएका छन् ।

सम्बन्धित खवर