मिक्लाजुङ ५ को वडाध्यक्षमा पुनः अविशन लावती विजयी - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मिक्लाजुङ ५ को वडाध्यक्षमा पुनः अविशन लावती विजयी

माङसेबुङ । पान्थरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा माओबादी केन्द्रका अविशन लाओती बिजयी भएका छन् ।

निर्वाचन अधिकृतले जानकारी दिए अनुसार वडाध्यक्षमा विजयी भएका लावतीले १ हजार २ सय १३ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी जनता समाजवादी पार्टी नेपालका सिंग बहादुर लावतीले ३ सय ५० मत ल्याए । अर्का प्रत्यासी राष्ट्रिय जनमुक्ति पार्टीका टिकाराम लावतीले १ सय ८७ मत ल्याए ।

निर्वाचित लावती दोस्रोपटक वडाध्यक्ष भएका हुन । महिला सदस्यमा सृजना राई योङहाङ (माओबादी), दलित महिला सदस्य भिममाया बिक (माओवादी), खुल्ला सदस्यमा मेघराज लावती (ममाओवादी) र हस्तवीर राई (राप्रपा) निर्वाचित भएका छन् ।

हेर्नुहोस मिक्लाजुङ ५ को मतपरिणाम

वडा अध्यक्ष
अविशन लावती (माओबादी) १२१३ मत
सिंग बहादुर लावती (जसपा) ३५० मत
टिकाराम लावती (जनमुक्ति) १८७ मत

वडा सदस्य
महिला सदस्य सृजना राई योङहाङ (माओबादी) ९९० मत
दलित महिला सदस्य भिममाया बिक (माओवादी) ९३७ मत
खुल्ला सदस्यमा मेघराज लावती (ममाओवादी) ७५९ मत
खुल्ला सदस्य हस्तवीर राई (राप्रपा) ५४० मत

सम्बन्धित खवर