देउकृष्ण देवानद्वारा निर्देशित ‘पानी कुवैको’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, असार २७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देउकृष्ण देवानद्वारा निर्देशित ‘पानी कुवैको’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । कलाकार निर्देशक तथा निर्माता देउकृष्ण देवान लिङखा याख्खाको परिकल्पना तथा निर्देशनमा पुर्वेली लोक भाकामा सजिएको मनछुने गीत ‘पानी कुवैको’ भिडियो सार्वजनिक गरिएको छ ।

फुलेन्दको आमा उर्फ उमेश राई र विमला खजुमको अभिनयमा लोकप्रिय गायीका सुनिता थेगिम लिम्बू र गायक चारखोले शिशिर लिङदमको आवाजमा रहेको ‘पानी कुवैको’ गितको भिडियो नेपाल मिडिया अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतकार जिवन शर्माको शब्द तथा लिङदम चारखोले शिशिर लिङदमको संगित रहेको भिडियोलाई सुमन तामाङले छायाँकन गरेका हुन् ।

कृष्णभक्त राईको संगीत संयोजनमा सुरेश राईले किङग् स्टुडियोमा रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ कुमार सानु पुनले गरेका हुन् ।

तिला भटराईको निर्माणमा संगम सेर्मा लिम्बू र नितु लावती लिम्बूको संयोजनमा तेह्रथुमको बिभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको भिडियोमा सुरेश राईको कोरियोग्राफी तथा अनिल रानाको सम्पादन रहेको छ ।

लोकेश थापाको मेकअप रहेको भिडियोमा टि आर सेनेहाङ, देवेन्द्र लिम्बु र कोपिला लिम्बु, वर्षा सम्बाहाङफे र निश्चल लिम्बूले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर