च्याम्पियन्स लिग : उपाधि कव्जाका लागि लिभरपुल र रियल भिड्दै - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

च्याम्पियन्स लिग : उपाधि कव्जाका लागि लिभरपुल र रियल भिड्दै

मङसेबुङ । युरोपियन फुटबलको सर्वाधिक प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधिको लागि इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिडबीच फाइनल खेल हुँदैछ ।

आज शनिबार राति फ्रान्सको पेरिसमा अवस्थित स्टेट डे फ्रान्समा सुरु हुने फाइनलमा लिभरपुल र रियलबीच प्रतिस्पर्धा हुनेछ ।

खेल आज राति १२ः४५ बजे सुरु हुने छ । उपाधिका लागि लिभरपुल र रियल मैदान उत्रदै गर्दा विश्वको ध्यान पेरिसमा केन्द्रित हुनेछ । दुबै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनामा रहेका छन् ।

लिभरपुल यस सिजन तेस्रो उपाधिको खोजीमा छ । ह्याट्रिक उपाधिका लागि लिभरपुल च्याम्पियन्स लिग जित्न चाहन्छ ।

लिभरपुलले पछिल्लो पटक २०१९ मा उपाधि जितेको थियो । लिभरपुलले ६ पटक च्याम्पियन्स लिग जितेको छ ।

यता ला लिगा च्याम्पियन रियल च्याम्पियन्स लिगमा सर्वाधिक सफल टोली हो । रियलले कीर्तिमानी १३ पटक उपाधि जितेको छ ।

सम्बन्धित खवर