क्यान्सर पिडित भूमिका लिम्बूलाई बचाउन अपिल - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

क्यान्सर पिडित भूमिका लिम्बूलाई बचाउन अपिल

मङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ५ निवासी क्यान्सर पिडित भूमिका लिम्बू उपचारको अभावका कारण हाल आफ्नै घरमा मृत्यूसँग जुधेर बसेकी छन् ।

क्यान्सर पिडित भूमिका लिम्बूको उपचारमा रकम धेरै लाग्ने भएपछि परिवार आर्थिक समस्यामा परेको छ ।

पारिवारिक आर्थिक स्थिति अत्यन्तै कमजोर भएकै कारण घाँटीको क्यान्सरले थलिएका भूमिकालाई बचाउन उनका श्रीमान मणि लाबुङ लिम्बूले देशबिदेशमा रहेका मनकारी, सहयोगी सर्वसाधारण सवैमा आर्थिक सहयोगको अपिल गरेका छन् ।

बनीबुतो गरेर यसअघि बिर्तासिटी हस्पिटल र भक्तपुर क्यान्सर अस्पतालमा उपचार गर्दानै लाखौं रकम खर्च गरिसकेको र घरमा भएको सिरी सम्पत्ती सवै सकिसकेको उनले बताए ।

उपचार गर्दा गर्दै घरको सम्पतिले थेग्न नसक्ने भएपछि थप उपचार गर्न नसकिने र आफ्नो श्रीमतिलाई उपचारकै अभावमा गुमाउन पनि मनले नमान्ने अवस्था भएसंगै सहयोगी मनहरुमा सहयोगको अपिल गरेको बिरामीका श्रीमान मणि लाबुङले बताए ।

उनले देश बिदेशमा रहेका सम्पुर्ण महानुभावहरुमा एक छोरी दूई छोरा गरि तीन नावालक– वालीकाको ममता, आफ्नी जीवन संगीनीको जीवन रक्षाको भीख मागेका छन् ।

विरामीको सहयोगको लागि
सुमन लावती
सपर्क न. : ९८४२६८८३७२
सिटिजन इन्टरनेशनल बैक लि.
बैंक खाता नं. 0690100000001044

सम्बन्धित खवर