‘माङहरु जन्म लिने पवित्र स्थल माङ्सेबुङ’ : मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘माङहरु जन्म लिने पवित्र स्थल माङ्सेबुङ’ : मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द

माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङले माङ्सेबुङ माङले रोजेको पवित्र स्थल रहेको बताउनु भयो ।

आइतबार इलामको माङ्सेबुङ वडा नम्बर ५ गुरुनिजी आश्रममा आयोजित नव निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना आदानप्रदान तथा बधाई कार्यक्रममा फुलमाला सहित टीका माङफुङ लगाएर आशीर्वाद प्रदान गर्नु भएपछि, आशीर्वचनको क्रममा वहाँले सो कुरा बताउनु भएको हो ।

‘माङहरु जन्म लिने पवित्र स्थल माङसेबुङ हो’ अङसीमाङले भन्नु भयो, ‘माङसेबुङको चुक्चिनाम्बा डाँडागाउँमा महागुरु फाल्गुनन्द लिङ्देनको जन्म भएको हो । म पनि यहि आगौटेबारिमा जन्मेको हुँ ।’

वहाँले माङ्सेबुङका नवनिर्वाचित जनप्रतिनिधिहरु लाई जनताको सेवामा लाग्न आशीर्वाद दिनुहुदै माङ्सेबुङको बिकास योजनाहरु सबै क्षेत्र र ठाउँहरुमा गर्न अनुरोध गर्नु भयो । बिकास निर्माणमा सबै एक भएर लागे माङसेबुङ स्वर्ग जस्तै हुने बताउनु हुदै बिश्वको दृष्टि परेमा त्यहाँबाट आएको आय माङ्सेबुङको स्रोत हुने अङसीमाङले बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि माङ्सेबुङ गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष बिनोद नेम्बाङ, बिशेष अतिथिहरु वडा नम्बर ५ का वडाध्यक्ष नरेन्द्रकुमार राई, वडा नम्बर १ का वडाध्यक्ष भुपाल योङहाङ, ३ का नम्बर वडाध्यक्ष लक्षुमन खम्बु(जनम) र गुरुनिजी कानुनी सल्लाहकार एनएस फागोले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा किरात साम्यो नालिफुङवा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष पृतिमान खालिङ, आत्मा पवित्र गौशालाका अध्यक्ष बिरबहादुर आङ्ला, किरात साम्यो माङसिवाखाहुन सेवासाम्लो मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष थलङ नरकुमारी पाहिम, किरात साम्यो थामेन्दिङ मा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष इधिङगो सरुहाङ्मा सेलिङको समेत उपस्थिति रहेको थियोे ।

गठबन्धनले ढोल झ्याम्टा, बाजा गाजा सहित हजारौंको सहभागितामा र्याली गरि माङ्सेबुङको रिङरोड परिक्रमा गर्दै बिजय उत्सव मनाए ।

गुरु निजी आश्रम कृषि समितिका अध्यक्ष टिकाराम केरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव उदय विक्रम तुम्बापो र स्वागत मन्तव्य भगिहाङ नेम्बाङ लिम्बुले राखेका थिए ।

 

सम्बन्धित खवर