- आन्छुमे नसान
माङसेबुङ । लोकप्रिय गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूको शव्द तथा संगीतमा द भ्वाईस अफ किड्स नेपालका फिनालिष्ट रुक्साना लिम्बूको सुमधुर आवाजमा सजिएको बिल्कुलै नयाँ गीत ‘आभास’ भिडियो सार्वजनिक गरिएको छ ।
निर्देशक जीवन वायुङ राईको निर्देशनमा चित्र मिडियाको छायाँकन तथा सम्पादन रहेको ‘आभास’ भिडियो गायक तथा संगीतकार एकान्त आङदेम्बेको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
देबेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।
गायीका रुक्साना लिम्बूकै फिचरिङ रहेको भिडियोमा पोष्ट प्रडक्सन बिबिध ब्रान्डिङको रहेको छ ।
भिडियो हेर्नुहोस…