विक्रमको निर्देशनमा दिनेश र कृति अभिनित ‘यासकै पारी’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बिहिबार, जेठ १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विक्रमको निर्देशनमा दिनेश र कृति अभिनित ‘यासकै पारी’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । रंगकर्मी तथा निर्देशक विक्रम वनेम फागोको निर्देशनमा कलाकार तथा निर्देशक दिनेश माङमु लिम्बू र कलाकार कृति मिभक लिम्बूद्वारा अभिनित गीत ‘यासकै पारी’ भिडियो सार्वजनिक गरिएको छ ।

चर्चित गायक राजेश पायल राई र लोकप्रिय गायीका स्मृति पयाङगुरा लिम्बूको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक भाकाको गीत ‘यासोकै पारी’ गायक यादन सेर्मा लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतकार सुवर्ण नेम्बाङ ‘यम्वे’को शव्द संकलनमा गायक तथा संगीतकार यादन सेर्मा लिम्बूको लय संकलन रहेको पुर्वेली लोक भाकाको गीतको भिडियोमा दिनेश माङमु लिम्बुको कोरियोग्राफी तथा कार्यकारी निर्देशन रहेको छ ।

मनोज साङसोनको संगीत संयोजनमा किङग् स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ राजु कार्कीले गरेका छन् ।

पान्थरको यासक, माङजाबुङ, वसाँगु, माझीटार, फेदेन र लब्रेकुटी लगायतका ऐतिहासिक स्थलहरुमा छयाँकन गरिएको प्रेम रोमान्स र कमेडी रसले भरिएको भिडियोमा सुजन श्रेष्ठ(ब्रदर्श प्रडक्सन दमक, झापा)को छायाँकन, सम्पादन तथा ड्रोन र सेन्दो सेलिङको सहायक छायाँकन रहेको छ ।

भिडियोमाअतिथी हास्य कलाकार चापेतीको बाउ(मनकुमार योङहाङ), ईश्वरी श्रेष्ठ(राई)(मनसुन हेयर कटिङ शैलुन दमक,झापा)को मेकअप, वरदान संगीतालय फेदेन पान्थरको कोरस नृत्य तथा पान्थर केःलाङ समाज फेदेनको केःलाङ र अनिल थोप्रा लिम्बुको पोष्ट प्रडक्सन रहेको छ ।

गायीका स्मृति पयाङगुको डेब्यू गीत ‘मायालु गाउँको देशैमा’ म्यूजिक भिडियोको अपार सफलता पछिको यो दोस्रो गीत ‘यासोक पारी’ को यस अघिनै लिप्सिङ भिडियो सार्वजनिक थएको छ ।

यसैगरि गायक तथा संगीतकार यादन सेर्मासंग लिम्बू भाषाको गीत ‘थुक्थाओ फुङ फेक्ते’ गाएकि छन् । हाल वैदेशिक रोजगारको शिलसिलामा साईप्रसमा रहन्दैं आएकी छन् । मुग्लानपारिको प्रवाशी जीवनयापनमा रहेर पनि नेपाली गीतसंगीतलाई उतिकै मायाँ र योगदान दिदैं आईरहेकी छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर