निर्वाचन आयोगले मतदाता नामावली असार १ देखि संकलन गर्ने - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निर्वाचन आयोगले मतदाता नामावली असार १ देखि संकलन गर्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी असार १ गतेदेखि नयाँ मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने जनाएको छ ।

आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली संकलन तथा अद्यावधिक शुरु गर्ने निर्णय गरेको हो । गत माघ २५ गतेदेखि नयाँ नामावली सङ्कलन तथा अद्यावधिक आयोगले स्थगित गरेको थियो ।

नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागरिकले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आ–आफ्नो नाम दर्ता गराउन सक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।

कार्यक्रमदअन्तर्गत नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिर्वतन गर्न, मतदानस्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ ।

यसैगरी आयोगबाट वितरण भएको मतदाता परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको व्यक्तिहरूले समेत मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् ।

आगामी निर्वाचनमा कोही पनि नछुट्ने गरी आफ्नो नाम दर्ता गर्न तथा विवरण अद्यावधिक गर्न आयोगले सबैमा आग्रह गरेको छ ।

सम्बन्धित खवर