- आन्छुमे नसान
माङसेबुङ । गायक सञ्जय निङलेकु र गायीका अमृता सङबाहाङफे लिम्बूको सुमधुर आवाजमा सजिएको पुर्वेली लोकभाकाको गीत ‘सोल्टीनी भुई सोरी नमस्कार’ सार्वजनिक गरिएको छ ।
गीतकार शिवकुमार लिम्बूको शव्दभावहरुमा गायक सञ्जय निङलेकुको संगीतमा सजिएको पुर्वेली लोकभाकाको गीत ‘सोल्टीनी भुई सोरी नमस्कार’ म्यूजिक आर्टस् नेपाल अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
राजु कार्कीको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको लिप्सिङ भिडियो धिरज तुम्बापो लिम्बूले छायाँकन गरेका हुन् ।
रोहित सुनारको निर्माण बनेको गीतको लिप्सिङ भिडियोलाई सञ्जय निङलेकुले सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस…