सरकारले संघ र प्रदेशको निर्वाचन दुई चरणमा गर्ने - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सरकारले संघ र प्रदेशको निर्वाचन दुई चरणमा गर्ने

काठमाडौं । सरकारले संघ र प्रदेशसभाको निर्वाचन दुई चरणमा गर्ने भएको छ । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले दुई चरणमा निर्वाचन गर्ने तयारी गरेको हो ।

आयोगसँगको परामर्शका आधारमा सरकारले आगामी कात्तिक २७ मा प्रदेश १, मधेस र वाग्मतीमा संघ र प्रदेशको निर्वाचन एकैपटक गर्ने जनाएको छ ।

यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मंसिर ३ मा संघ र प्रदेशको निर्वाचन गर्ने भएको हो ।

अघिल्लोपटक पनि संघ र प्रदेशको निर्वाचन पनि दुई चरणमा नै भएको थियो ।

सम्बन्धित खवर