- आन्छुमे नसान
माङसेबुङ । निर्देशक हाङ चेम्जोङको निर्देशनमा पुष्पाञ्जली तिल्लीङ लिम्बू‘चापेती कुम्मा’ र राज लिम्बूको दमदार अभिनय रहेको पुर्वेली लोकभाकामा सजिएको गीत ‘सत्रथुम’ को भिडियो सार्वजनिक गरिएको छ ।
गीतकार पेशल माबुहाङको शव्दभावरुमा संगीतकार सञ्जय तुम्बाहाम्फेको संगीतमा तथा गायक पेपराज माबुहाङ र गायीका श्रेयसी चेम्चोङको सुमधुर आवाजमा सजिएको गीत ‘सत्रथुम’ को भिडियो रीता फोम्बो ठुलीको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
तेह्रथुमको चोत्लुङ पार्कदेखि पाँचथरको त्रिसाली मेलासम्मको स्थानहरुमा छायाँकन गरिएको भिडियोमा तेजेन्द्र चेम्जोङ, जीवन केदेम, सुमन लिम्बु, प्रमिशा सम्बाहाम्फे, आरती सम्बाहाम्फे र दिब्या सम्बाहाम्फे लगायतको समेत अभिनय रहेको छ ।
इशाक जबेगु र धिरेन तुम्बापाको छायाँकन रहेको यस भिडियोको सम्पादन पनि इशाक जबेगुले नै गरेका हुन् भने श्रृङ्गार सुमन मग्रातीले गरेका हुन् ।
राजु कार्कीको संयोजनमा किङग् स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोलाई गीतकार रीता फोम्भो ठूलीले निर्माण गरेका हुन् ।
भिडियो हेर्नुहोस…