धिमाल सांस्कृतिक पर्व जातिरी/सिर्जातको समापन - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धिमाल सांस्कृतिक पर्व जातिरी/सिर्जातको समापन

उर्लाबारी । हरेक बर्ष असार २ गते आयोजना हुँदै आएको धिमाल जातीहरुको सांस्कृतिक पर्व जारिती/सिर्जात कार्यक्रमको समापन भएको छ ।

प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा उर्लाबारीस्थित दशबिघेमा विहीबार सम्पन्न भएको हो ।

धिमाल जातिय बिकास केन्द्रले सो कार्यक्रमको आयोजना गरेको हो । समापन कार्यक्रममा प्रदेशसभा सदस्य कुलप्रसाद साम्बा, संस्थापक अध्यक्ष रामबहादुर धिमाल, पूर्व अध्यक्ष रामबहादुर संस्थापक तथा सल्लाहकार मोहन धिमाल, संस्थापक गणेशमान धिमाल, उर्लाबारी नगर स्तरिय राजनैतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
विविध धिमाल सांस्कृतिक नृत्यहरु, रमाइलो मनोरञ्जनका खेल तामासा लगायत कार्यक्रम सहित आयोजित कार्यक्रममा यस वर्षको धिमाल युवा प्रतिभा–२०७९ उर्लाबारी निवासी ललित धिमाललाई नगद ५ हजार र सम्मान पत्रले सम्मान गरिएको थियो ।

केन्द्रीय अध्यक्ष लोकबहादुर धिमालको सभाध्यक्षतामा आयोजित कार्यक्रमको संचालन महासचिव मातृका धिमालले गरेका थिए ।

सम्बन्धित खवर