लोकेन साँबाको निर्देशनमा पालाम ‘निङवा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लोकेन साँबाको निर्देशनमा पालाम ‘निङवा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । निर्देशक लोकेन साँबाको कथा तथा निर्देशनमा लिम्बू संस्कृतिमा आधारित अर्गानिक पालाम ‘निङवा’ सार्वजनिक गरिएको छ ।

गीतकार नेम खापुङको शव्द संकलन तथा दिल कुमारी साँबाको लय संकलनमा दिलकुमारी साँबा, जीवन केदेम, मनिसा नाल्बो, सुमन लिम्बु, ज्योति नाल्बो, सिब कुमार सम्बाहाङफे, कल्पना साम्सोहाङ र डम्बर कुमारी नाल्बोको आवाजमा सजिएको पालाम ‘निङवा’ सार्वजनिक गरिएको छ ।

पालाममा मनिसा नाल्बो, दिलकुमारी साँबा, जीवन केदेम, सुमन लिम्बू, चन्द्र थलङ, रानी चोङबाङ, आशिस लिम्बू, रुविना लिम्बू, सुमना लिबाङ, विष्णु आङबुहाङ, इन्द्र मादेन, डम्बर कुमारी फावेन नाल्वो, भिम थेवे, कल्पना साम्सुहाङ, ज्योती नाल्बो, अभिशेक केरुङ र दिलकुमार चोङबाङको अभिनय रहेको छ ।

अनिता ग्वाचाको मेकअप, अरुन बरुन न्योपानेको छायाँकन, कमल प्रसाईको ड्रोन बिकास दाहालको सम्पादन रहेको पालाम भिडियो आसेवारो प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर