शम्भू राई र मेलिना राईको ‘चिउरी चिल्लो पात’ (नयाँ भर्सन) सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शम्भू राई र मेलिना राईको ‘चिउरी चिल्लो पात’ (नयाँ भर्सन) सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । बरिष्ठ गायक शम्भू राई र लोकप्रिय गायीका मेलिना राईको सुमधुर आवाजमा सजिएको गीत ‘चिउरी चिल्लो पात’ को नयाँ भर्सन सार्वजनिक गरिएको छ ।

चर्चीत तथा पुराना गीतको नयाँ भर्सनहरु पछिल्लो समय बढी मात्रामा आउने क्रम बढिरहेको बेला विरेन्द्र राईको शब्द तथा संगीत रहेको पूर्वेली जुहारी गीत ‘चिउरी चिल्लो पात’ शम्भू राई श्रद्धा रेकर्डिङ अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

शम्भू राई, विरेन्द्र राई, लोरेतो सिंह र संगीता मुखियाको आवाजमा यसअघिनै चर्चा बटुलिसकेको गीत लाई नर्बु शेर्पाले एरेञ्ज गरेका हुन् । श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सार्वजनिक गीतलाई श्याम लिम्बूले रेकर्ड तथा दीपेश प्रधानले मिक्सिङ गरेका हुन् ।
‘डाँडा बजार’ र ‘तमोर सलल’ को अपार सफलता पछि कलाकार, निर्माता तथा निर्देशक देउकृष्ण देवान याख्खा लिंखाको निर्देशन रहेको भिडियोमा रेखा लिम्बू, विमला लिम्बू, योमन सोदेम्बा लिम्बू र नुमा माबुहाङ लिम्बूले अभिनय गरेका छन् ।

रातभर जुहारी खेलेर एक–अर्कालाई मन परापरदेखि लिएर विहेसम्मको क्रियाकलापलाई प्रस्तुत गरिएको भिडियोमा देवराज सिग्देलको छायाँकन, अनिल रानाको कलरिङ तथा सम्पादन रहेको छ ।

यस्तै भिडियोमा आरती लिम्बू, फूलमाया लिम्बू, अञ्जना लिम्बू, दलमान लिम्बू, नरमान लिम्बू, जोग बहादुर लिम्बू, लाल बहादुर लिम्बू, पूर्ण बहादुर लिम्बू, लक्ष्मी लिम्बू, मनरानी लिम्बू, थ्री प्रसाद जीमी याख्खा, खड्का बहादुर लिम्बू, छिन्ताङ्गे राई, दूर्गा लिम्बू, पुरनधोजे लिम्बू, सुमन लिम्बू, रोबर्ड श्रेष्ठ, राम गुरुङ, पूर्ण बहादुर गुरुङ, पदम बहादुर थापा, सुनिल सिटौला, विनय मादेन र गोविन्द यादव लगायतले समेत अभिनयमा साथ दिएका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर