कला राई र नविन सेर्माको आवाजमा ‘सोल्टीनी ठुली’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कला राई र नविन सेर्माको आवाजमा ‘सोल्टीनी ठुली’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायीका कला राई र गायक नविन सेर्माको सुमधुर आवाजमा पुर्वेली लोक भाकामा सजिएको बिल्कुलै नयाँ गीत ‘सोल्टीनी ठुली’ सार्वजनिक गरिएको छ ।

गीतकार कला चेम्जोङको शव्द संकलनमा गायक तथा संगीतकार यादन सेर्माको लय संकलन रहेको पुर्वेली लोक भाकामा सजिएको गीत ‘सोल्टीनी ठुली’ यादन सेर्मा लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पदम रजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड गरेको गीतलाई मुस्कान मुकारुङ राईले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

लिप्सिङ भिडियो तयार गरि सार्वजनिक गरिएको गीतको भिडियोलाई योगेन मुकारुङले छायाँकन गरेका हुन् भने, सम्पादन जीवन मुकारुङले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर