माङसेबुङमा योजना तर्जुमा र स्थानीय तहको समाचार लेखन तालिम सम्पन्न - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा योजना तर्जुमा र स्थानीय तहको समाचार लेखन तालिम सम्पन्न

  • सरिता राई

माङसेबुङ । माङसेबुङ गाउँपालिकाको सहयोगमा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको आयोजनामा तीन दिने योजना तर्जुमा र स्थानीय तहको समाचार लेखन तालिम सम्पन्न भएको छ ।

इलामको माङसेबुङ गाउँपालिका ३ स्थित चतुरेमा संचालित उक्त तालिम मंगलबार सम्पन्न भएको हो ।

तालिममा स्थानीय तहमा योजना तर्जुमाका चरण र प्रक्रिया तथा स्थानीय तहको समाचारका विभिन्न विषयवस्तुका विषयमा छलफल भएको थियो ।

तालिममा माङसेबुङका विभिन्न संचारमाध्यममा आवद्ध र यसअघि आधारभूच पत्रकारिता लिएका १५ जनाको सहभागिता रहेको थियो ।

तामिमका सहभागीहरुलाई नेपाल पत्रकार महासंघ इलामका सचिव एवम् नागरिक दैनिकका पत्रकार भीम चापागाई र नेपाल पत्रकार महासंघ इलामका कोषाध्यक्ष एवम् सौर्य दैनिकका पत्रकार राम योङहाङले सहजीकरण गरेका थिए ।

सम्बन्धित खवर