रुक्सानाको आवाजमा रुद्र र पुष्पाञ्जलीको ‘सेवारो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रुक्सानाको आवाजमा रुद्र र पुष्पाञ्जलीको ‘सेवारो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । द भ्वास अफ किड्स नेपालका फिनालिष्ट रुक्साना लिम्बूको सुमधुर आवाजमा सजिएको लिम्बू भाषाको गीत ‘सेवारो’ भिडियो सार्वजनिक गरिएको छ ।

रुद्र पाहिम लिम्बू र पुष्पाञ्जली तिलिङ ‘चापेतीको आमा’को शव्द तथा शम्भु फोम्बो र यादन सेर्माको संगीतमा सजिएको लिम्बू भाषाको गीत ‘सेवारो’ भिडियो चापेतीको आमा अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

निर्देशक दिनेश माङमु लिम्बूको निर्देशनमा रुद्र पाहिम लिम्बू र पुष्पाञ्जली तिलिङ ‘चापेतीको आमा’, रुक्साना लिम्बू र सुस्किता लिम्बूको अभिनय रहेको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् ।

टेकेन्द्र यक्सोको संगीत संयोजनमा राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ रहेको गीतमा सुनिता संयक तुम्सा र शम्भु फोम्बोको समेत आवाज रहेको भिडियोमा अनिता ग्वाचाको मेकअप तथा अनिल रानाको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर