ऐतिहासिक वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, चैत ०६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ऐतिहासिक वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । भुटानबाट लखेटिएका पुर्व शरणार्थीहरुको कथा समेटिएको ऐतिहासिक वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक गरिएको छ ।

भुटान सरकारले निर्वासित गरेका एक सैनिक अधिकारी भूतपूर्व क्याप्टेन बुद्ध बिर सुब्बाको वास्तविक जीवन भोगाईको घटनामा आधारित ऐतिहासिक वृत्तचित्र ‘कुन हो मेरो देश’ असल टिभी अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

क्याप्टेन सुब्बाले देशको सार्वभौमिकताको लागि जीवनभर परिश्रम गरे र सबैकुरा दिए र तर अन्त्यमा कसरी तत्कालिन भुटान सरकारले उनलाई निर्वासित गर्यो भन्ने कुराको रहस्य पर्दाफास स्वयम् क्याप्टेन सुब्बा र उनका परिवारजनले यस वृत्तचित्र मार्फत गरेका छन् ।

वृत्तचित्रमा संसारको जतिसुकै बिकसीत मुलुकमा पुनरस्थापन हुने, बसोबास गर्ने अवसर प्राप्त गरेपनि आफु जन्मेको मातृभूमि प्रतिको माया कहिल्यै नमर्ने, कहिल्यै नसकिने भावहरु स्पष्ट झल्किन्छ ।

फ्याम्ली प्रोडक्शनको निर्माणमा बि.एम. खालिङको खोज र लेखन रहेको यस वृत्तचित्रमा गायक एवम् संचारकर्मी रविन शर्माको न्यारेशन रहेको छ । कमल राईको छायाँकन र सम्पादन रहेको यस वृत्तचित्रलाई राजु सुब्बाको कन्सेप्टमा तयार पारिएको हो ।

सम्बन्धित खवर