मिक्लाजुङ गाउँपालिकाको प्रथम अधिबेशन सम्पन्न, कृषि, पर्यटन र पूर्वधारमा जोड - Mangsebung News
  • मङ्गलबार, बैशाख ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मिक्लाजुङ गाउँपालिकाको प्रथम अधिबेशन सम्पन्न, कृषि, पर्यटन र पूर्वधारमा जोड

  • योगेस लावती

मिक्लाजुङ । कृषि, पर्यटन र पूर्वधार, समृद्ध मिक्लाजुङको आधार भन्ने नाराका साथ पान्थरको मिक्लाजुङ गाउँपालिकाको दोस्रो गाउँसभाको प्रथम अधिबेशन सम्पन्न भएको छ ।

मिक्लाजुङ गाउँपालिकाले आर्थिक वर्ष २०७९–०८० को प्रस्तुत नीति तथा कार्यक्रम पारित गरेको छ ।

गाउँपालिकाको दोस्रो गाउँसभाको प्रथम अधिबेशनमा प्रस्तुत गरेको बजेट गाउँसभाबाट कुल ६२ करोड ३९ लाख १३ हजार ५ सय ४० पारित गरेको हो ।

प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, स्वास्थ, खानेपानी, सिंचाइ, र पुर्वाधार क्षेत्रमा बिशेष जोड दिएको छ ।

आ.व.२०७९–८० को कुल आय संघिय सरकार तथा प्रदेश सरकार मार्फत प्राप्त हुने वित्तिय समानीकरण अनुदान, राजस्व बाँडफाँड, शसर्त अनुदान तर्फ चालु तथा पुजिगत अनुदान, बिशेष अनुदान, समपुरक अनुदान र गाउँपालिकाको आन्तरिक स्रोत अनुमान सहित ६२, करोड ३९ लाख १३ हजार ५ सय ४० रुपैयाँ बजेट प्रक्षेपण गरिएको छ । जस मध्ये शसर्त अनुदान चालु ३९ करोड ७६ लाख ५९, हजार रुपैयाँ रहेको छ ।

सम्बन्धित खवर