लोपोन्मुख लोक लय केसामको रेकर्डिङ सम्पन्न - Mangsebung News
  • शुक्रबार, असार २७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लोपोन्मुख लोक लय केसामको रेकर्डिङ सम्पन्न

काठमाडौ । लिम्बु आदिवासीहरुको लोपोन्मुख लोक लय केसामको रेकर्डिङ सम्पन्न भएको छ ।

शुक्रवार पुलिस क्लबको अन्नपूर्ण रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो । सागर केरुङ्द्वारा लिखित कृति ‘सक्सा नु पेन्युक’ मा समाविष्ट केसामलाई गोविन्द आङ्बुले लय संकलन गरेका हुन ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषदले निर्माण गरेको हो ।

निरन्ता नेम्बाङ र शिव सम्बाहाम्फेले स्वर दिएका छन भने संगीत संयोजन अशोक लोहोरुङ्ले गरेका हुन ।

सम्बन्धित खवर