डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ र सरोजको जोडी टिम ‘रोजरिङ’लाई - Mangsebung News
  • मङ्गलबार, चैत ०६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ र सरोजको जोडी टिम ‘रोजरिङ’लाई

  • आन्छुमे नसान

माङसेबुङ । हिमालया टेलिभिजन एचडी बाट प्रसारण भईरहेको डान्सिङ रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’को उपाधि टिम ‘रोजरिङ’ ले जितेको छ ।

शुक्रबार राति भएको ‘डान्सिङ स्टार्स नेपाल’को ग्रेण्ड फिनालेबाट परमिता राना र जेडी तमुको जोडी टिम ‘परजेडि’ र प्रिति आले र शेखर घर्तिमगरको जोडी टिम ‘प्रिखर’ लाई पछि पार्दै छिरिङ सेर्पा र सरोज प्रजाको जोडी टिम ‘रोजरिङ’ ले जितेको हो ।

यसैगरि प्रिति आले र शेखर घर्तिमगरको जोडी टिम ‘प्रिखर’ले फस्ट रनरअपको उपाधि जितेको छ भने परमिता राना र जेडी तमुको जोडी टिम ‘परजेडि’ सेकेण्ड रनरअप भएका छन् ।

उपाधि जितेसँगै छिरिङ सेर्पा र सरोज प्रजाको जोडी टिम ‘रोजरिङ’ ले ‘डान्सिङ स्टार्स नेपाल’को ट्रफी र नगद पुरस्कार १५ लाख रुपैयाँ हात पारेको छ । यस्तै फस्ट रनरअप प्रिति आले र शेखर घर्तिमगरको जोडी टिम ‘प्रिखर’ले ट्रफी सँगै नगद पुरस्कार २ लाख रुपैयाँमा चित्त बुझाएका छन् ।

यस्तै एप्सबाट प्रतिस्पर्धामा उत्रेका सरस्वती धिमाल, एलेक्स विश्वकर्मा र स्रिजन रावतमध्ये सरस्वती धिमालले उपाधि जितेकी छन् । सरस्वतीले उपाधि जितेसँगै ट्रफी सँगै ‘डान्सिङ स्टार्स नेपाल’को अर्को सिजनमा स्टार्सको रुपमा प्रतिस्पर्धी हुने अवसर प्राप्त गरेकि छन् ।

यसैगरि एलेक्स विश्वकर्मा फस्ट रनरअप भएका छन् भने स्रिजन रावत सेकेण्ड रनरअप भएका छन् ।

सम्बन्धित खवर