माओबादी केन्द्र प्रदेश १ ले प्रकाशन बिभागको जिम्मेवारी खनाललाई दियो - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माओबादी केन्द्र प्रदेश १ ले प्रकाशन बिभागको जिम्मेवारी खनाललाई दियो

  • पदम सुखी सम्बाहाम्फे

पान्थर । तात्कालिन पाँचथर सन्देश साप्ताहिकका कार्यकारी सम्पादक तथा कुम्मायक गाउँपालिकाका पहिलो तथा बिस्थापित पत्रकार बिन्देश्वर खनाललाई नेकपा (माओबादी केन्द्र) प्रदेश सम्पर्क कमिटीले प्रकाशन बिभागको विशेष जिम्मेवारी दिएको छ ।

सो पार्टीको हालै सम्पन्न विशेष प्रदेश सम्पर्क समन्वय समितिको बैठकले १ नं प्रदेशबाट खनाललाई प्रचार तथा प्रकाशन बिभागको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको पाँचथर–काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिका अध्यक्ष भक्त पयाङ्गुले जानकारी दिनु भएको छ ।

यसैबीच सम्पर्क समन्वय विशेष प्रदेश समिति मातहत १ नं. प्रदेश सम्पर्क समन्वय समितिको दोश्रो पूर्ण बैठक शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न बैठकले असोज मसान्तसम्ममा न्यूनतम २५ सय सदस्यता बितरण सहित शेल कमिटीसम्म सबै कमिटी ब्यवस्थित गर्ने र पूर्ण डिजिटल प्रणालीमा जाने निर्णय गरेको छ ।

उता प्रदेश सम्पर्क समन्वय कमिटीको मूखपत्र मेचीकाली आवाज आगामी दशैं अगाडि नै प्रकाशन गर्ने र पूर्ण अनलाईन माध्यमबाट पार्टीको प्रचारलाई व्यवस्थित गर्ने लक्ष्य रहेको प्रचार तथा प्रकाशन बिभागका सदस्य बिन्देश्वर खनालले जानकारी दिनु भएको छ ।

प्रकाशन बिभागले दिएको जिम्मेवारी प्रति आफू थप सक्रिय भएर प्रदेश सम्पर्क कमिटीलाई सहयोग गर्ने पनि खनालले बताएका छन ।

 

सम्बन्धित खवर