वामदेवद्वारा नयाँ पार्टीको घोषणा, पार्टीको नाम नेकपा एकता राष्ट्रिय अभियान - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

वामदेवद्वारा नयाँ पार्टीको घोषणा, पार्टीको नाम नेकपा एकता राष्ट्रिय अभियान

फाईल तस्विर

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी घोषणा गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर गौतम नेतृत्वले नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गरेको हो ।

गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीमा १२ जना पदाधिकारी रहने भएका छन् । जस्मा एकजना अध्यक्ष, ७ जना उपाध्यक्ष, एकजना महासचिव, एकजना उपमहासचिव, एकजना कोषाध्यक्ष र एकजना सचिव रहने एकता अभियानका नेता निमकान्त पाण्डेले बताए ।

पाण्डेका अनुसार सो पार्टीमा ७५ जना केन्द्रीय र १५ जनाको स्थायी कमिटी सदस्य रहनेछन् । अहिले सो पार्टीको संयोजकमा वामदेव गौतम, सचिवमा डिबी काकी र सदस्यमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् ।

सम्बन्धित खवर